उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्दै रास्वपा


काठमाडौँ, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ । शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला यादव उम्मेदवार छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार