आफ्नो निजी निवासमा सरे उपराष्ट्रपति पुन


काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् ।

उनी बिहीबार दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

नेपालको संविधानबमोजिम ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालय आउने छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार