एजेन्सी, २ चैत । इटालियन क्लब नापोली युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसँगै नापोली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लिगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो भने दोस्रो लिगको खेलको पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाउन सफल भएका थिए ।
उनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई दोब्बर अग्रता दिलाएका थिए भने त्यसपछि ६४ औं मिनेटमा पिओट्र जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३–० को जित दिलाउन सफल भएका थिए ।


