पाकिस्तानी सुरक्षा बल पूर्वप्रधानमन्त्री खानको घरबाट पछि हट्यो


एजेन्सी, १ चैत । पाकिस्तानी सुरक्षा बल पूर्वप्रधानमन्त्री इमरान खानको घरबाट पछि हटेका छन् । यसका साथै प्रहरी र खानका समर्थकबीच लगातार भइरहेको झडपमा पनि विराम लागेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार लाहौरमा खानको घर वरिपरिबाट प्रहरी बल पछि हटिरहेको देखिएका छन् । यसअघि सुरक्षा बलले समर्थकमाथि अश्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेर प्रदर्शनमाथि नियन्त्रण पाउने कोसिस गरे ।

यसअघि प्रहरीले इमरान खानका समर्थकलाई घरबाट हटाएका थिए । समाचार एजेन्सी रोयटर्सले जियो न्युजलाई उद्धृत गर्दै लाहौरमा हुने पिएसएलको खेललाई मध्यनजर गर्दै यसलाई हालका लागि रोकिएको र खेलपछि कारबाही पुनः सुरु हुनसक्ने पनि जानकारी दिएका छन् ।

यस्तै, इमरान खानले एक ट्विट गर्दै आफूले एक ‘स्योरिटी बन्ड’ मा हस्ताक्षर गरेको र तहरिक–ए– इन्साफ पार्टीका वरिष्ठ नेता फवाद खानसँग १८ मार्चमा अदालतमा पेस हुने जानकारी दिएका छन् ।

पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको भिडियोमा इमरान खान मास्क लगाएर केही कार्यकर्तासँग कुरा गरिरहेको देखिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार