सरकारी कार्यालयमा यस्तो रहनेछ राष्ट्रपति पौडेलको तस्बिर


काठमाडौं, २९ फागुन । देशभरका सरकारी कार्यालयमा रहने राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्बिर सार्वजनिक भएको छ ।

राष्ट्रपति कार्यालयले वेबसाइटमार्फत राष्ट्रपति पौडेलको आधिकारिक तस्बिर सार्वजनिक गरेको हो ।

राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालयमा झुण्ड्याउने प्रचलन छ ।

पौडेलले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्बिर सार्वजनिक भएको हो ।

पाँच वर्षे कार्यकालका लागि पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार