उपराष्ट्रपतिमा रामसहायलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता


काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्न सोमबार कांग्रेस सभापति देउवाकहाँ जाँदा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै जसपाका नेताहरूले सभापति देउवालाई भेटेका हुन् ।

भेटघाटका क्रममा सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जाने प्रतिबद्धता व्यक्त गरेको जसपाका एक नेताले बताए ।

यसअघि उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार