काठमाडौँ, २९ फागुन । भारतीय अभिनेत्री तमन्ना भाटिया केही दिनअघि नेपाल आएकी थिइन् । अभिनेतृ तमन्ना स्वदेश फर्किएसँगै उनलाई लिएर विभिन्न गसिपहरु चल्न थालेका छन् । उनले अभिनेता विजय बर्मासँगको सम्बन्धको सम्बन्धीको हल्लाबारे लामो समयदेखिको मौनता भने तोडेकी छन् ।
नयाँवर्षको पार्टीमा यी दुईजना सँगै देखिएको भिडियो समेत भाइरल बनेपछि डेटिङको हल्ला समेत चलेको छ । सो भाइरल भिडियोमा एकअर्कालाई चुम्बन गरेको पनि देख्न सकिन्छ । विजयले इन्स्टाग्राम स्टोरीमा भ्यालेन्टाइन्स डेमा तमन्नासँगको फोटो सेयर गरेका थिए ।
उनले दिएको ताजा अन्तर्वार्तामा ‘बाहुबली’ फेम्ड अभिनेत्रीले सोसल मिडियामा भएका अफवाहबारे टिप्पणी गरेकी छन् ।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले आफूले विजयसँग फिल्ममा काम गरिरहेकाले हल्लाहरु आउनु स्वभाविक भएको बताइन् । उनले हल्लाको खण्डन गर्नु जरुरी नभएको समेत बताइन् । यसअघि उनी एक व्यापारीसँग विवाह बन्धनमा बाँधिएको खबरसमेत आएको थियो । तर सो कुरा भने अफवाह रहेको उनले स्पष्ट पारिन् ।
त्यस्तै पिंकभिल्लाले जनाए अनुसार विजय र तमन्ना धेरैपटक सँगै देखिएका छन् भने उनीहरु एकअर्कामा खुसी पनि छन् ।


