काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण आज गर्ने भएका छन् ।
आज दिउँसो एक बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहका वीच पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।


