उपराष्ट्रपति पदका चारैजनाको उम्मेदवारी कायम


काठमाडौं, २८ फागुन । उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारैजनाको उम्मेदवारी कायम भएको छ ।

शनिबार मनोनयन दर्ता गरेकाउपर परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारैजना उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो ।

जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार