उपराष्ट्रपतिको उम्मेदवारविरुद्धको उजुरीमाथि जाँचबुझ, आजै अन्तिम नामावली प्रकाशन हुने


काठमाडौँ, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुुने भएको छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरी आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

शनिबार जनता समाजवादी पार्टी नेपालबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमति भएअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जसपाबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उपराष्ट्रपतिका लागि निर्वाचन यही चैत ३ मा हुँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार