हालान्डले गोल हान्दा सिटी विजयी


एजेन्सी, २८ फागुन । एर्लिन हालान्डको एक मा गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिवार राति क्रिस्टल प्यालेस १–० ले पराजित भएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीलाई जिताउन हालान्डले ७८औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । प्यालेसका माइकल ओलिसले इल्के गुन्डागोनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गरे ।

जितपछि २७ खेलबाट सिटीले ६१ अंक जोडेको छ । दोस्रो स्थानको सिटीले शीर्ष स्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ भने आर्सनलले एक खेल कम खेलेको छ ।

लिगकै अन्य खेलमा टोटनहमले नटिङहम फरेस्टलाई तथा चेल्सीले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ ।
लिभरपुल भने एएफसी बर्नमाउथसँग १–० ले पराजित भएको छ ।

जितपछि चौथो स्थानको टोटनहमले २६ खेलबाट ४८ अंक जोडेको छ भने पाँचौ स्थानको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । लिभरपुलको २६ खेलबाट ४२ अंक भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार