काठमाडौँ, २७ फागुन । सत्ता साझेदार दलका शीर्ष नेताहरुबाट बस्ने भएको छ ।
उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको हो ।
बैठकबाट उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने जनाइएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता पनि हुँदैछ ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुदैँ छ ।
उपराष्ट्रपतिका लागि सत्ता साझेदारी दलबाट जसपा नेपालका रामसहायप्रसाद यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।


