काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका हुन् ।
श्रेष्ठ गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–१ बाट निर्वाचित भएकी थिइन् । नागरिक उन्मुक्ति पार्टी आठदलीय गठबन्धनमा छ ।
सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
उपराष्ट्रपतिको मनोनयन दर्ता २९ फागुनमा हुँदैछ ।


