काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनमा ३२ जना प्रदेशसभा सदस्य र संघीय संसदका १७ जना सांसद अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ५९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान गरेनन् ।
निर्वाचनमा संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरे भने प्रदेशसभाका ५५० सांसदमध्ये ५१८ जना सांसदले मात्र मतदान गरेका छन् ।
राप्रपा र नेमकिपाले घोषित रूपमै चुनावमा भाग लिएनन् । कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले मतदानमा सहभागी भएनन् । प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरीले पनि मतदान गरेनन् । राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।
राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ हुन्छ भने संघीय सांसदको मतभार ७९ हुन्छ ।


