काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा मधेस प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपाने लडेर घाइते भएका छन् ।
एकीकृत समाजवादीका प्रदेशसभा सदस्य न्यौपाने मतदान गरेर फर्कने क्रममा संघीय संसद भवन परिसरमै लडेर घाइते भएका हुन् ।
सप्तरी क्षेत्र नम्बर ४ को (१)बाट निर्वाचित उनलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ ।


