युनाइटेडलाई ७–० ले हरे, लिभरपुल पाँचौं स्थानमा


एजेन्सी, २२ फागुन । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो अन्तरले जित निकालेको छ ।

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० ले हराएको हो ।

लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २-२ गोल गरेका थिए भने रोबर्टो फिर्मिन्होले एक गोल थपे ।

जितेपछि लिभरपुल २५ खेलबाट ४२ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ र शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।

चौथो स्थानको टोटनहमभन्दा लिभरपुल ३ अंकले पछि रहेको छ भने २५ खेलबाट ४९ अंकसहित युनाइटेड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार