चीनको रक्षा बजेट ७ प्रतिशतले बढ्यो


एजेन्सी, २२ फागुन । चीनले आफ्नो सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले रक्षामा बजेट बढोत्तरी गरेको छ ।

चीनले सात प्रतिशतले रक्षा बजेट वृद्धि गर्ने निर्णय गरेको बीबीसीले जनाएको हो ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा बोल्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्ररुपमा भईरहको भन्दै उनले यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए ।

उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड समेत दिए ।

चीनले सेनाका लागि बर्षेनि करिब दुई सय अर्ब डलर खर्च गर्दै आएको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा भने यो करिब चार गुणा कम हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार