काठमाडौं, २१ फागुन । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत होली मनाउन दुबई पुगेका छन् ।
जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आइतबार दुबईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन राउत त्यहाँ पुगेका हुन् ।
कार्यक्रममा अध्यक्ष राउत र मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशावाहा दुबई पुगेको गैरआवासीय मधेशी संघ युएइका अध्यक्ष जगनारायण मण्डलले बताए । कुशवाहा सो पार्टीका उपाध्यक्ष समेत हुन् ।
दुबईमा विगत ८ वर्षदेखि होली कार्यक्रमको आयोजना हुँदै आइरहेको छ ।
कार्यक्रममा राजनीतिक दलको रुपमा सीके राउत सहभागी भएपनि त्यहाँ कुनैपनि राजनीतिक गतिविधि वा मन्तव्य नहुने उनले मण्डलले बताए ।


