माधव नेपालका भाइ सरोजकुमारको निधन


काठमाडौं, २० फागुन । नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

शनिबार शंखमूलस्थित एक कफी सपको छैटौं तलाबाट खसेर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो। सिभिलबाट उनलाई न्युरो अस्पताल रिफर गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार