‘प्रसाद २’ को फस्टलुक सार्वजनिक


काठमाडौं, १८ फागुन । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको फिल्म ‘प्रसाद २’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक फस्टलुकमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । फिल्मको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ । यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।

फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार