प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने


काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने भएको छ ।

यसअघि प्रधानमन्त्रीलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले उक्त समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार