प्रहरी समायोजन नगरे प्रचण्ड नेतृत्वको सरकार टिक्दैन : उपेन्द्र यादव


जनकपुरधाम, १७ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघिय निजामति ऐन र प्रहरी समायोजन नगरे प्रचण्ड नेतृत्वको सरकार नटिक्ने बताएका छन् ।

जनकपुरधाममा बुधबार मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले प्रहरी ऐन समायोजना र संघीय निजामति ऐन सदनबाट पास नगरेर प्रचण्ड नेतृत्वको सरकार टिक्न नसक्ने बताए । निजामति ऐन सदनबाट पास गर्नुका साथै प्रहरी समायोजन छिट्टै गर्नु पर्छ, अध्यक्ष यादवले भने ‘प्रचण्ड नेतृत्वको सरकारको भविश्य यी दुई विधेयकमा निर्भर छ ।’

यहि दुईवटा कामले मात्र यो सरकारको भविष्य निर्धारण हुने उनको भनाइ छ । प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र श्रोतसाधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको यादवको भनाइ छ । उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणनली हुनै नसक्ने दाबीसमेत गरे ।

‘एउटा आर्मीको गार्ड लिएर घुम्नाले सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’ यादवले भने ।
उनले अब पूर्वदेखि पश्चिमसम्मको मधेसका लागि सर्घष हुने समेत बताएका छन् । नेपाल र नेपालीभाषा भन्दा सयौं वर्ष पुरानो इतिहास रहेपनि मिथिला र मैथिली संस्कृती लोप हुदै जानु दुर्भाग्यपुर्ण रहेको उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार