प्रचण्ड नेतृत्वको सरकार जोखिममा छैन : नेता निधि


जनकपुरधाम, १६ फागुन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार जोखिममा नरहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका हुन् ।

उनले राष्ट्रपतिमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको दाबीसमेत गरे । ९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपति बन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

राष्ट्रपतिमा कांग्रेसका पौडेललाई सुरुमा ८ दलले समर्थन गरेका थिए । पछि प्रभु साह नेतृत्वको आम आदमी पार्टीले पनि पौडेललाई समर्थन गर्ने निर्णय गरेको उनले बताए ।

नेता निधिले पञ्चायतकालमा पञ्चायतविरूद्ध समाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै सरकार र जनताबीचको संवाद पुर्याउने काम पत्रकारले नै गर्दै आएको बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार