’वेलकम–३’ मा सञ्जय दत्त र अरशद वारसी पनि


एजेन्सी, १४ फागुन । ख्यातीप्राप्त कमेडी फिल्म मध्येका एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा नयाँ खुसीको खबर सार्वजनिक भएको छ ।

‘वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय कुमार, परेश रावल र सुनिल सेट्टीको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ ।

‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अरशद वारसी पनि देखिने छन् । सञ्जय र अरशदले ‘मुन्नाभाई’ जस्ता धेरै लोकप्रिय र ब्लकबस्टर फिल्ममा आफ्नो भुमिका निर्वाह गरेका छन् ।

संजय र अरशदको जोडीले ‘धमाल’ फ्रेन्चाइजमा पनि सँगै काम गरेका थिए । सञ्जय र अरशदको जोडीलाई पर्दामा फेरि एकसाथ हेर्नका लागि फ्यानहरू विगत केही वर्षदेखि कौतुहलतासाथ पर्खिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार