एजेन्सी, १४ फागुन । कोभिड महामारीपछि पहिलोपटक बर्लिन फिल्म फेस्टिभल भौतिकरुपमै आयोजना गरिएको छ ।
जर्मनीको यो चर्चित सहरमा विश्वका स्टारहरुले ‘स्टारडम’ प्रस्तुत गरेका छन् । यसअघि भने दुई संस्करण भर्चुअलरुपमा गरिएको थियो ।
इस पटक रेबेका मिलरको पछिल्लो फिल्म ‘सी कम टु मी’ प्रिमियरसँगै बर्लिनको ७३ औं संस्करण सुरु भएको छ । यस फिल्ममा पिटर डिंकलेज, मारिसा टोमी, जोआना कुलिग, ब्रायन डी’आर्सी जेम्स, र एनी ह्याथवेले अभिनिय गरेका छन् ।
फिल्मलाई न्यूयोर्क सहरमा सेट गरिएको छ भने यसले प्रेमका अनेक रुपबारेको कथावस्तु पस्किनेछ ।
लाइनअपमा क्रिस्चियन पेटजोल्ड र मार्गारेट भोन ट्रोटाका नयाँ फिल्महरू पनि समावेश रहेका छन् भने सेन पेनले आफ्नो पछिल्लो डकुमेन्ट्री ‘सुपरपावर’मार्फत डेब्यु गरेका छन् । यो फिल्मले युक्रेनमाथि रुसी हमलाको समयबारेको कथा पनि समेटेका छन् ।
यस वर्षको महोत्सवको निर्णायक मण्डलको नेतृत्व अभिनेत्री क्रिस्टन स्टीवर्टले गरेकी छन् ।


