बलात्कार प्रकरणः सन्दीपबारे सर्वोच्चमा आज सुनुवाइ


काठमाडौं, १४ फागुन । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे विषयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोकेको थियो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेश माथि केन्द्रित रहनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमाथि बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती लिनुपर्ने छैन ।

लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप रहेको छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन समेत छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार