हलिउड निर्माता हार्वी वाइन्स्टिन दोषी ठहर


काठमाडौँ, १३ फागुन । हलिउडका सर्वशक्तिशाली मनोरञ्जन दुनियका हस्ती फिल्म निर्माता हार्वी वाइन्स्टिन बलात्कारको घटनामा दोषी ठहर भएका छन् ।

बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दाको फैसलामा अदालतले उनलाई १६ वर्षको जेल सजायका फैसला सुनाएको हो ।

सन् २०२० को बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी ठहरिएपछि वाइन्स्टिनले यसअघि न्युयोर्कमा २३ वर्षको सजाय भोगिरहेका छन् । बिहीबार न्यायाधीशले वाइन्स्टिनलाई न्युयोर्कपछि लगातार लस एन्जलसको सजाय पूरा गर्न आदेश दिए ।

वाइन्सिटनको घटनासँगै विश्वभर मीटु मुभमेन्टको लहर चलेको थियो । सबै तीन आरोप जसमा वाइन्स्टिनलाई दोषी ठहराइएको थियो भने यसमा जेन एक युरोपेली मोडलसँग सम्बन्धित गणनामा आधारित थियो । जसले २०१३ मा एलए इटालिया फिल्म फेस्टिभलपछि मिस्टर सी होटलमा वाइन्स्टिनद्वारा बलात्कृत भएको बयान दिएका थिए ।

७१ वर्षका वाइन्स्टिनले बाँकी जीवन जेलमा बिताउनुपर्ने भएको छ । जुन हलिउडमा शासन गर्ने ओस्कार विजेताका लागि आश्चर्यजनक पतनको रुपमा अथ्र्याइएको हो । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार