बार्सिलोनालाई हराउँदै म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा


काठमाडौं, १२ फागुन । बार्सिलोना विरुद्ध पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

नकआउट चरणको लागि भएको प्लेअफ अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ ले हराउँदै युनाइटेडले समग्रमा ४–३ को जित हात पार्न सफल भएको हो । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि पारेपनि पछि दुई गोल फर्काएको थियो । पहिलो लेगको खेल २–२ को बराबरिमा सम्पन्न भएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउन सफल भएका थिए । तर त्यसलाई कायम राख्न सकेन । युनाइटेडले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । ४७ औं मिनेटमा युनाइटेडका लागि फ्रेडले बराबरी गोल गरे । त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाएका थिए ।

बार्सिलोना सन् १९९८÷९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पनि पुग्न नसकेपनि यो पहिलो पटक हो ।

इटालियन क्लब युभेन्ट्स र स्पानिस क्लब सेभियाले पनि युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

एन्जल डि मारियाले ह्याट्रिक गरेपछि युभेन्ट्सले दोस्रो लेगमा नान्ट्सलाई ३–० ले हराउदै समग्रमा ४–१ को जित निकालेको थियो । त्यस्तै सेभिया दोस्रो लेगमा पीएसभी आइन्डहोभनसँग २–० ले पराजित हुनका बाबजुत पनि समग्रमा ३–२ को नतिजासहित अन्तिम १६ मा पुगेको छ । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो ।

त्यस्तै जर्मनीको युनियन बर्लिन र बायर लेभरकुजन, इटलीकै रोमा, फ्रान्सको रेन्स र पोर्चुगलको स्पोर्टिङ सिएफले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार