दिल्ली, ११ फागुन । दिल्लीकी मेयरमा आम आदमी पार्टीकी उम्मेदवार डा. शैली ओबराय निर्वाचित भएकी छिन् ।
भारतीय जनता पार्टी (बीजेपी)की उम्मेदवार रेखा गुप्तालाई पराजित गर्दै शैली दिल्लीकी मेयरमा निर्वाचित भएकी हुन् ।
मेयरको चुनावमा आम आदमी पार्टीकी शैली ओबरायले १५० मत पाइन् भने उनका प्रतिस्पर्धी विजेपीकी उम्मेदवार गुप्ताले ११६ मत पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मेयरमा निर्वाचित भएपछि डा. ओबरायले आफूले सदनलाई संवैधानिक तरिकाले चलाउने बताएकी छन् । सदन चल्नमा जनताको साथ र सहयोग चाहिएको उनले आग्रह समेत गरिन् ।


