काठमाडौं, १० फागुन । फाल्गुनन्द लिङदेन फिल्मस् र यल्ली वूड फिल्मस्को संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ ।
हत्या अपहरण मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा कथाको रुपमा उठाउन लागिएको हो ।
दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पुर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुन्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ ।
फिल्ममा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ ।
सुदिता लिङ्देनको प्रस्तुति, लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन हुने निर्देशक लिङदेनले बताए ।


