जनकपुरधाममा अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने


जनकपुरधाम, १० फागुन । अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक महिना नबित्दै जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जनकपुरधाममा क्रिकेटप्रतिको आकर्षण बढाउने उद्देश्यले जनकपुर क्रिकेट एकेडमीको आयोजनामा फागुन १६ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टिमले अहिले नै इन्ट्री गराई सकेका छन् ।

प्रतियोगितामा प्रतिभाशाली खेलाडीको छनौट गरेर नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी रहेको प्रतियोगिताका संयोजक प्रशान्त कर्णले जानकारी दिए ।

प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष अकाश पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार