‘जय सन्तोषी माँ’ की चर्चित अभिनेत्री बोसको निधन


मुम्बई, १० फागुन । वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोस अब रहिनन् ।

२० फेब्रुअरीमा ७९ वर्षको उमेरमा उनले संसारबाट बिदा लिइन् ।

उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो भने अभिनेत्री बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने की राह’ र ‘जय सन्तोषी माँ’ जस्ता ब्लकबस्टर फिल्महरूमा उत्कृष्ट अभिनय गरिन् ।

अभिनेतृ बेलाको विवाह अभिनेता तथा फिल्ममेकर आशिस कुमारसँग भएको थियो । अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार तथा राष्ट्रिय स्तरको पौडी खेलाडी पनि थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा अभिनेतृ बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिका मिलेको थियो । तर धेरै अग्ली भएका कारण उनले थुप्रै फिल्म गुमाउनु परेको थियो ।

अभिनेतृ बेलाले आफ्नो करियरमा ‘जिंदगी और मौत’, ‘रकी मेरा नाम’, ‘शिकार’ र ‘हवा महल’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरिसकेकी छिन् ।

उनले १७ वर्षको उमेरमा सन् १९६२ मा रिलिज भएको फिल्म ‘सौतेला भाई’बाट डेब्यू गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार