‘आरआरआर’ ‘फिल्म आफ द इयर’


मुम्बई, १० फागुन । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ यस वर्षको ‘फिल्म आफ द इयर’ घोषित भएको छ ।

‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गरेको छ भने ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म रहेको घोषणा भएको हो ।

मुम्बईमा आयोजित अवार्ड सेरोमनिमा अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारण सर्वश्रेष्ठ अभिनेत्री र रणबीर कपूर ‘ब्रह्मास्त्र’को कारण सर्वश्रेष्ठ अभिनेतामा छनोट भए । सो कार्यक्रममा ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टीले सर्वश्रेष्ठ प्रामिसिङ्ग अभिनेता घोषित भए ।

अवार्डमा वरुण धवनको ‘भेडिया’को लागि क्रिटिक्स बेस्ट एक्टर अवार्डको घोषणा गरिएको छ । त्यस्तै अनुपमखेरको कश्मीर फाइलको लागी मोस्ट भर्सटाइल एक्टर घोषित भ एभने फिल्म अभिनय योगदानको लागि अभिनेत्री रेखालाई पनि सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार