ग्रिनेड खेलाउँदा विस्फोट, दुई बालक घाइते


गण्डकी, १० फागुन । पोखरामा बेवारिसे अवस्थामा रहेको ग्रिनेड (बम) घर लगेर खेलाउँदै गर्दा पड्किएको छ ।

सो बम पड्किदा पोखरा वडा नम्बर ३३ स्थित ठुलढुंगामा दुई किशोर घाइते भएका छन् । १५ वर्षका माइकल पौडेल र १३ वर्षीय सविन तामाङ घाइते भएको पोखरा प्रहरीले जनाएको छ ।

श्रीमान् मिलनसँगै उनी किनारमा काम गरिरहदाँ अकस्मात् मायालाई छिमेकीले फोन गरेर जानकारी गराएपछि घटना बारे बुझेका थिए । त्यतिबेलासम्म छोरा माइकल र उनका साथीलाई नजिकैको मेडिकल हल लगिएको थियो ।

ग्याल्पो ल्होसारको बिदाको दिन माइकल र सविन खेल्न घरपारिको सेनाको प्रशिक्षण केन्द्र तर्फ गएका थिए । त्यहीबाट भेटिएको ग्रिनेड घरमा ल्याई खेलिरहदाँ विस्फोट भएको बताइएको छ ।

पड्किन लागेको भेउ पाएपछि माइकलले ग्रिनेडलाई बाहिर फाल्न लाग्दा हातमै पड्किएको थियो । ग्रिनेड पड्कँदा माइकलको हात र सविनको हात, खुट्टामा चोट लागेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरूलाई गण्डकी अस्पतालमा उपचार भईरहेको छ  । उक्त ग्रिनेड कसरी त्यहाँ पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार