काठमाडौं, ८ फागुन । राष्ट्रपति निर्वाचनको तयारी थालेको निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
निर्वाचन आयोगले सोमबार संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताए ।
यही फागुन २५ गते हुने निर्वाचनको मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार मतदाताको नामावली सार्वजनिक गरिने भएको छ ।


