दिल्ली र मुम्बईमा ट्वीटरको कार्यालय बन्द


काठमाडौं, ७ फागुन । ट्वीटरले भारतमा रहेको दुईवटा कार्यालय बन्द गरेको छ ।

ट्वीटर कम्पनीले भारतको दिल्ली र मुम्बईमा रहेको ट्वीटर कार्यालय बन्द गरी कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । तर बैंगलोरमा रहेको ट्वीटरको एउटा कार्यालय भने सञ्चालनमै रहेको ट्वीटर कम्पनीले जनाएको छ ।

गत वर्ष ट्वीटर कम्पनी खरीद गरेसँगै एलन मस्कले कर्मचारी कटौतीदेखि अन्य विभिन्न खालका निर्णयहरु गर्दै आएका छन् । मस्कले यसअघि पनि भारतमा कार्यरत ट्वीटरका ८० प्रतिशत कर्मचारी कटौती गरिसकेका छन् । भने उनले दिल्ली र मुम्बईमा रहेका ट्वीटरका कार्यालय नै बन्द गर्ने निर्णय गरेका हुन् ।

मस्कले ट्वीटरका अफिस बन्द गर्ने निर्णय गरेको भारत पहिलो देश भने होइन । यसअघि पनि विभिन्न मुलुकमा रहेका ट्वीटरका कार्यालयहरु बन्द गरिसकेका छन् । भारतस्थित दुई कार्यालय बन्द गर्ने कार्य ट्वीटरको खर्च कटौतीकै कदमको रुपमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार