पाकिस्तानी तालिवानद्वारा आक्रमण गर्ने चेतावनी


इस्लामावाद, ७ फागुन । पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिन नवित्दै पाकिस्तानी तालिवान समूहले कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् ।

तालिवानसँग पाकिस्तानको लडाइँमा प्रहरीलाई प्रायः अग्रपंक्तिमा प्रयोग गरिदैँ आएको भने अक्सर उनीहरू गैरन्यायिक हत्याको आरोप लगाउने लडाकूहरूको निशानामा पर्दै आएका छन् । गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा एक आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थ विस्फोट गराउँदा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको थियो ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार अंग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले दास सेनासँगको हाम्रो युद्धबाट टाढै बस्नुपर्छ, अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहने जनाइएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई फेरि एकपटक चेतावनी दिन चाहन्छौं, निर्दोष कैदीहरूलाई फर्जी मुठभेडमा मारिएका भन्न रोक्नुहोस् अन्यथा भविष्यमा हुने आक्रमणहरूको तीव्रता अझ गम्भीर हुनेछ ।’

आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

शहरको मुटुमा कडा सुरक्षा गरिएको परिसरमा दर्जनौं प्रशासनिक र आवासीय भवनहरूका साथै सयौं अधिकारी र उनीहरूका परिवार रहेका छन् ।

एक वरिष्ठ अनुसन्धानकर्ताले एएफपीलाई प्रारम्भिक अनुसन्धानमा तीनै जना आक्रमणकारी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका भएको जानकारी प्राप्त भएको छ ।

आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले समा टिभीलाई जनाए अनुसार आक्रमणकारीहरू कराँची प्रहरी कार्यालयको मुख्य भवन कब्जा गरेर छतमा पुग्नुअघि गेटमा रकेट प्रहार गरेर परिसरभित्र पसेका थिए ।

सुरक्षा फौजले घेराबन्दी अन्त्य गर्न बिस्तारै पाँच तलामाथि उक्लन थालेपछि घन्टौंसम्म भिडन्त भएका थियो ।

अफगान तालिबानबाट अलग टीटीपी समान कट्टर इस्लामी विचारधाराको साथ पाकिस्तानमा सन् २००७ मा उदय भएको थियो र हिंसाको भयानक लहर चलाएको थियो । सन् २०१४ को अन्तमा शुरू गरिएको सैन्य अभियानले धेरै हदसम्म टीटीपी गतिविधिलाई दबाउन सफल भएको थियो ।

तर सन् २०२१ को अगष्टमा अफगान तालिबानले काबुलकब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गत वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्यपछि सुरक्षा बललाई लक्षित गर्दै आक्रमणहरू फेरि पनि बढ्दै गएको देखिन्छ । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार