काठमाडौं, ५ फागुन । विवादास्पद संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरिएको छ ।
सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
संसद्मा पेस भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय गरिएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको उक्त विधेयक विवादमा तानिएको थियो ।


