पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन


एजेन्सी, १ फागुन । पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । सोमबार बिहान ९२ वर्षको उमेरमा जियाको निधन भएको हो ।

नेशनल एकेडेमी आफ परफर्मिङ आर्ट्सका सिइओ जुनैद जुबेरीले जिया मोहिउद्दीनको निधन बारे जानकारी दिए ।

पत्रकार अजहर अब्बासले भने, ‘जिया मोहिउद्दीन लामो समयदेखि बिरामी थिए र सोमबार बिहान ६ बजे उनको निधन भयो ।’

जिया मोहिउद्दीनलाई अङ्ग्रेजी र उर्दू शब्दहरूको सही उच्चारणमा जोड दिने व्यक्तिको रूपमा पनि याद गरिनेछ । जिया मोहिउद्दीनको जन्म २० जुन १९३१ मा पाकिस्तानको फैसलावादमा भएको थियो ।

उनले लन्डनको रोयल एकेडेमी अफ ड्रामाटिक आर्टबाट अभिनयको तालिम लिए । जिया मोहिउद्दीन देशबाहिर थिएटर र फिल्महरूमा काम गर्ने थोरै पाकिस्तानीहरूमध्ये एक हुन् ।

उनी झन्डै ६७ वर्षदेखि थिएटर र फिल्म उद्योगसँग आबद्ध थिए

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार