जनकपुरधाम नागरिक समाजले प्रजिअ दाहाललाई बुझायो ध्यानाकर्षण पत्र


जनकपुरधाम, २९ माघ । भ्रष्टाचार विरुद्ध जनकपुरधाम नागरिक समाजले विभिन्न ६ सुत्रीय मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जनकपुरधाम नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

धार्मिक, सांस्कृतिक एवं सार्वजनिक सम्पत्ति/सम्पदा संरक्षण अभियानका अभियन्तासमेत रहेका मिश्रको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहालसँग सामूहिक भेटघाट गरी विभिन्न विषयहरूबारे ध्यानाकर्षण गराएको छ ।

उनीहरूले बहुचर्चित एवं बहुप्रतिक्षित जानकी फूलवारी अतिक्रमण प्रतिवेदन–२०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै तेल्हा, मरहा पोखरीको संरक्षण तथा सौन्दर्यीकरण गर्नसमेत माग गरेका छन् ।

त्यस्तै, देवालय, विद्यालय र चिकित्सालय क्षेत्रमा मांस मदिरा एवं सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र कायम गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

साथै जानकी मन्दिरभित्र अवरुद्ध रहेको खानेपानीलाई सहज एवं सरल बनाउन, दशरथ मन्दिरलाई अतिक्रमणमुक्त बनाउन र अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता सन्दर्भमा पनि प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार