जनकपुरधाम, २७ माघ । झरना थापाको निर्देशन रहने फिल्म ‘भगवत् गीता’ को छायांकन सुरु भएको छ ।
शुक्रबार जनकपुरधामको राम मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
फिल्मको छायांकन पनि जनकपुरधाम आसपासका स्थानमा २० दिन र त्यसपछि काठमाडौँ र मनाङमा छायांकन हुनेछ ।

फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ । छायांकन अगाडि फिल्मको एकसाता जानकी मन्दिर क्षेत्रमा कलाकारले रिहर्सल समेत गरेका थिए ।
सुनीलकुमार थापाको निर्माण रहने फिल्ममा धिरज र सुहानाको अलवा विपिन कार्की, अनुराग कुँवर, कवीर खड्काको पनि अभिनय रहनेछ ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकारमा सञ्जय लामा छन् ।



