गायिका बर्तिका राईले प्रेमी युगल गुरुङसँग गरिन् विवाह


काठमाडौं, २७ माघ । गायिका बर्तिका राईले प्रेमी युगल गुरुङसँग विवाह गरेकी छिन् । बर्तिका शुक्रबार सङ्गीतकर्मी युगलसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । बर्तिका अमेरिकामा बस्छिन् र युगल लण्डनमा बस्छन् । यी दुई केही समय अघिदेखि प्रेम सम्बन्धमा थिए ।

बर्तिका विशेषगरी युवापुस्तामाझ निकै चर्चित छिन् । उनको एल्बम ‘बिम्बाकाश’ लोकप्रिय छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार