काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


