‘जनकपुरधाम व्यापार मेला’ का लागि गठित प्रचारप्रसार उपसमितिमा अधिकांश जसपा कार्यकर्ता


जनकपुरधाम, २५ माघ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा फागुन ५ गतेदेखि हुन लागेको ‘जनकपुरधाम व्यापार मेला २०७९’ का लागि गठन गरिएको प्रचारप्रसार उपसमितिमा अधिकांश राजनीतिक दलका कार्यकर्ताहरुलाई राखिएको छ ।

मेलाको सफलताका लागि मंगलबार गठन गरिएको प्रचारप्रसार उपसमितिमा अधिकांश जनता समाजवादी पार्टी निकट भातृसंगठनका कार्यकर्ताहरु अटाएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहको संयोजकत्वमा गठन गरिएको प्रचारप्रसार उपसमितिको सह–संयोजकमा दिपक गुप्ता र हरिकान्त मिश्र तथा सदस्यहरुमा रञ्जित पन्जियार, स्मृति मिश्रा, विरेन्द्र साह, मनोज कुमार यादव, मो. वसिम अक्रम, पुष्पा यादव, शेखर पन्जियार र लक्ष्मण महतोलाई चयन गरिएको छ । उनीहरु मध्ये अधिकांश जसपा निकट भातृसंगठनका कार्यकर्ता छन् ।


फागुन १४ गतेसम्म स्थानीय तिरहुतिया गाछीमा आयोजना हुने जनकपुरधाम व्यापार मेलाको प्रचारप्रसार तिव्रताका साथ अगाडि बढाउन गठन गरिएको उपसमितिका सदस्यहरु अधिकांश जसपा निकट भातृसंगठनका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार