काठमाडौं, २४ माघ । पछिल्लो समय फिल्म अभिनयका लागि कलाकार धेरै मिहिनेत गर्न थालेका छन् ।
अहिले भने उनी अगस्त्य’ अभिनयका लागि २० केजी तौल बढाउन लागेका छन् । तौल बढाउन गरेको दैनिक वर्कआउटको तस्बिर उनले अहिले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरेका छन् ।
‘अगस्त्य’ सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा सौगात मल्ल र मलिकाको पनि मुख्य भूमिकामा छानिएका छन् । फिल्ममा नाजिर एक्सन अवतारमा देखिने बताइएको छ ।


