सिरहा, २४ माघ । सिरहामा कुटपिट गरी एक बृद्धको हत्या गरिएको छ ।
जिल्लाको नवराजपुर गाउँपालिका–४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरिएको हो ।
सुभकलालको नाति र राधेश्याम यादवबीच भएको झैझगडा छुट्याउने क्रममा यादवलाई कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीले हत्या अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झाझपट्टी र इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


