प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

ओलीले प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।

यद्यपि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने बताएपछि एमाले सशंकित छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार