एमालेले बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने थापाको आशंका


बारा, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् ।

बाराको कलैयामा शनिबार नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको भन्दै फेरि एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जाने उनले बताएका हुन् ।

एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने उनको दावी छ । त्यो व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनको बहुमतले राष्ट्रपति बनाए अलग्गै शक्तिकेन्द्रको अभ्यास गर्ने उनको भनाइ छ ।संविधानले नचिनेको अभ्यासतिर लिएर जाने प्रयासलाई रोक्नुपर्ने उनको तर्क उनको छ ।

आफूले प्रधानमन्त्रीलाई भेटेर संविधान र व्यवस्थाको स्थायित्वको लागि राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न सुझाव दिएको पनि महामन्त्री थापाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेकोतर्फ संकेत गर्दै थापाले विधेयक वा अध्यादेशमाथि निर्णय गर्ने अधिकधार संसद र विधायकलाई मात्र हुने बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार