काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली शनिबार बिहान बालुवाटार पुगेका थिए ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय गृहमन्त्री चयनबारे सत्ता गठबन्धनभित्रै सहमति जुट्न सकेको छैन ।


