नेकपा एसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार नउठाउने


काठमाडौं, २१ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नपर्ने बताएका छन् ।

राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरूले साझा उम्मेदवार उठाउने विषयमा छलफल गर्न डाकेको बैठकबाट निस्किने क्रममा उनले यस्तो बताएका हुन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विपक्षी गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएर बैठकबाट फर्केको उनले बताएका छन् ।

कांग्रेसले यसअघि नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । जसको समर्थनका लागि विपक्षी दलका नेताहरूलाई बैठकमा बोलाएर धारणा मागिएको हो ।

कांग्रेसले उम्मेदवार भने तोकिसकेको छैन । २३ माघमा हुने निर्वाचनका लागि आइतबार मनोनयनको तालिका छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार